काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेर पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझेका छन् ।
ओली आइतबार अस्पताल पुगेर खनालको अवस्था बुझेको उनको सचिवालयले जानकारी दिएको छ ।
खनाल अस्वस्थ भएपछि काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारत रहेका छन् । हाल खनालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।









