• २०८३ कार्तिक ४ मंगलबार

मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौवटामा रिपब्लिकन पार्टी पछाडि रहेको बताइएको छ ।

महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले पार्टीलाई दबाबमा पारेको छ। विभिन्न सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीप्रति ३० देखि ३६ प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन् ।

अमेरिकामा खाद्यान्न, घरभाडा र इन्धनको मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीले वस्तुको मूल्य आफ्नो आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको बताएका छन् ।

इरानसँगको युद्ध र विदेश नीतिप्रति पनि असन्तुष्टि बढेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रम्पको लोकप्रियता घटेपछि रिपब्लिकन पार्टीका केही उम्मेदवारले समेत उनका नीतिबाट दूरी बनाउन थालेका छन् ।

मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरे ट्रम्पलाई आफ्नो नीति कार्यान्वयन गर्न कठिन हुन सक्ने विश्लेषण भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै