• २०८३ कार्तिक ६ बिहीबार

मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा बाबु-छोराको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा बाबु-छोराको मृत्यु

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ । 

प्रहरीका अनुसार दशैँको टीका लगाउन जादै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो ।

लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै