• २०८३ कार्तिक ६ बिहीबार

गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता

गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता

काठमाडौं । मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता भएका छन् ।

मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी दुई पर्वतारोही बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन् । 

काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए । उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेको गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको प्रहरीले जानकारी दिएको छ ।  

७४५५ मिटर अग्लो उक्त हिमालमा आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएको बताइएको छ । बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरुको खोजी गरिएको र खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हाल पनि खोजी कार्य जारी रहेको बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै