• २०८३ कार्तिक ६ बिहीबार

एनपीएलको टिकट विक्री शुरु

एनपीएलको टिकट विक्री शुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री आज बेलुकाबाट शुरु भएको छ ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले टिकट बिक्री बिहीबार बेलुका आठ बजेबाट खुलेको जानकारी दिएको हो ।

क्यानका अनुसार लिग चरणका खेलमा साधारण टिकटको मूल्य ५०० र प्रिमियमको मूल्य एक हजार तोकिएको छ । यस्तै, इलिमिनेटर तथा फाइनल चरणमा टिकटको मूल्य साधारणको एक हजार र प्रिमियमको दुई हजार तोकिएको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् । तेस्रो संस्करणको सबै खेलले आईसीसीको टी-२० लिगको  लिस्ट  ए मान्यता पाएको छ । ईसेवामार्फत टिकट लिन सकिने क्यानले जनाएको छ । त्यस्तै यसपटक पहिलो पटक डिआरएस सिस्टम समेत कार्यान्वयन हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै