काठमाडौँ । बडादसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
यसअघि गत कार्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य ४१८५ रुपैयाँ रहेको थियो ।
यसअनुसार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँ घटेको छ ।









