• २०८३ कार्तिक १० सोमबार

म्यानचेस्टर युनाइटेडको आफ्नै मैदानमा बोर्नमाउथसँग लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको आफ्नै मैदानमा बोर्नमाउथसँग लज्जास्पद हार

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडलाई एएफसी बोर्नमाउथले ३–० गोलले पराजित गरेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली बोर्नमाउथसँग युनाइटेडले लज्जास्पद हार बेहोरेको हो । 

बोर्नमाउथका लागि रयानले खेलको ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि मार्कस टाभर्नियरले गोल थपेपछि पहिलो हाफमा बोर्नमाउथ २–० ले अघि रह्यो । 

दोस्रो हाफमा पनि बोर्नमाउथले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो । इभानिल्सनले ७१औँ मिनेटमा गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित गरेका थिए । 

यस हारले म्यानचेस्टर युनाइटेडमाथि थप दबाब बढाएको छ । यसअघि च्याम्पियन्स लिगमा कोमोसँग ४–१ ले पराजित भएको युनाइटेडले बोर्नमाउथविरुद्ध पनि गोल गर्न सकेन । प्रशिक्षक माइकल क्यारिकको रणनीति र टोलीको प्रदर्शनमाथि समेत प्रश्न उठिरहेका बेला यो हार युनाइटेडका लागि अर्को ठूलो धक्का बनेको छ ।

यो खेलपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा ७ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ । त्यस्तै बोर्नमाउथको भने यो जितपछि ८ खेलमा ९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै