• २०८३ कार्तिक १० सोमबार

केही वर्षमै एनपीएल भव्य खेलकुद उत्सव बन्यो- प्रधानमन्त्री शाह

केही वर्षमै एनपीएल भव्य खेलकुद उत्सव बन्यो- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश दिदै प्रधानमन्त्री शाहले केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका हुन् । 

प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको बताउँदै  यस अवसरमा सम्पूर्ण नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन् । साथै, उनले प्रतियोगितामा सहभागी हुन आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई पनि स्वागत गरेका छन् ।

उनले भनेका छन्- 'नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट, नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो केही वर्षमै एक ठूलो खेलकुद उत्सवको रूपमा विकसित भएको छ। लिगमा जोडिनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यो सुन्दर इभेन्टको लागि सम्पूर्ण नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई हार्दिक शुभकामना । नेपाली क्रिकेट सधैं  अमर रहोस्।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै