काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति देशभर आंशिक बादल लाग्नेछ ।
आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी छैन । तथापि, कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









