काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सोनी पाख्रिनको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा परेका छन् । त्यस्तै, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा रहेका छन् ।
क्यानका अनुसार यु–१९ विश्वकपको तयारीका क्रममा नेपाली टोलीले चीनमा खेल्न लागेको हो । बेल्ट एण्ड रोड सिरिज नोभेम्वर ३ देखि ८ सम्म हुनेछ । सो प्रतियोगितामा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्ड सहभागी हुँदैछन् । चीनपछि नेपाली यु–१९ महिला टोलीले भारतमा समेत क्रिकेट सिरिज खेल्ने बताइएको छ ।









