• २०८३ कार्तिक ११ बुधबार

म्यानचेस्टर युनाइटेडले प्रशिक्षक क्यारिकलाई प्रदर्शन सुधार्ने अवसर दिने

म्यानचेस्टर युनाइटेडले प्रशिक्षक क्यारिकलाई प्रदर्शन सुधार्ने अवसर दिने

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले यसै साता चेल्सीविरुद्ध हुने खेलमा पनि टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् । खराब नतिजाका कारण उनको भविष्यबारे प्रश्न उठे पनि क्लब व्यवस्थापनले उनलाई टोलीको प्रदर्शन सुधार्ने अवसर दिने भएको हो ।

बर्नमाउथसँग घरेलु मैदानमा ३–० ले पराजित भएपछि युनाइटेडको लगातार आठ खेलमा जितविहीन यात्रा लम्बिएको थियो । जारी सिजन प्रिमियर लिगका आठ खेलमा टोलीले एक खेल मात्रै जितेको छ र रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ ।

क्यारिकले गत जनवरीमा रुबेन आमोरिमको बिदाइपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए। च्याम्पियन्स लिगमा छनोट गराउँदै टोलीलाई तेस्रो स्थानमा पुर्‍याएपछि उनलाई मे महिनामा स्थायी प्रशिक्षक बनाइएको थियो ।

युनाइटेडले क्यारिकको विकल्पका रूपमा न्युक्यासलका पूर्वप्रशिक्षक एडी हाउ र जर्मनीका पूर्वप्रशिक्षक जुलियन नागेल्समनबारे पनि छलफल गरेको बताइएको छ । एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीप्रति पनि क्लबको चासो रहेको जनाइएको छ ।

युनाइटेडले शनिबार स्टामफोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । क्यारिकका लागि उक्त खेल टोलीको खस्किएको प्रदर्शन सुधार्ने महत्त्वपूर्ण अवसर हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै