काठमाडौँ । नेपाली बाजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले बढेर दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार सुन तोलाको दुई लाख ८२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३९८० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि मंगलबार चाँदी तोलाको ३९७० मा कारोबार भएको थियो ।









