• २०८३ कार्तिक ११ बुधबार

प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा उनले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

त्यस्तै, प्रहरी गण तथा गुल्म, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालन हुने अन्य प्रहरी कार्यालयका प्रमुखहरूलाई पनि निर्देशन दिइएको छ । कार्यक्रममा नेपाल प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै