• २०८३ कार्तिक ११ बुधबार

नेप्सेमा ३३.२९ अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा ३३.२९ अंकको वृद्धि, ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो ।  आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयर १०.६० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्राइम डिभेन्चरको शेयर २.९६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३२ करोड ५० लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २८ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै