• २०८३ कार्तिक ११ बुधबार

आन्दोलन गर्ने आँट गरेनौं भने सफल हुन सक्दैनौं- ओली

आन्दोलन गर्ने आँट गरेनौं भने सफल हुन सक्दैनौं- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । 

उनले भने- यो अवस्थाबाट देशलाई पार लगाउन आन्दोलन गर्नुपर्ने अवस्था छ । आन्दोलनले नै शक्ति आर्जन गर्छ । यति अप्ठ्यारो असहज अवस्था छ, त्यसमा आन्दोलन बाहेक अर्को कुराबाट अगाडी जान खोज्यौं भने आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौं । आन्दोलनले टिकाउने हो, आन्दोलनले अगाडी बढाउने हो, आन्दोलनले जिताउने हो ।'   

ओलीले सरकारले देशमा आतंक फैलाउने र विनाबर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए । साथै उनले मोबाइल फार्मिंगबाट सरकार चलिरहेको आरोप लगाउदै विदेशी शक्तिबाट सरकार परिचालित भएको बताए । 

उनले पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सह्य नहुने उल्लेख गर्दै यसको अन्त्य हुनुपर्ने र पार्टी भित्र अब गुटगत कुरा स्वीकार्य नहुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै