• २०८३ कार्तिक ११ बुधबार

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४  विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए । त्यस्तै ब्रान्डन म्याकुलनले २२ रन बनाए भने सैफ जैबले १५ रनको योगदान दिएका थिए । त्यसैगरी पोखराका बलर शकिब अल हसन, मेहदी र धनन्जय लक्शानले एक एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए ।  त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । 

यो सुदूरपश्चिम रोयल्सको दोस्रो खेलमा पहिलो जित हो ।  पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले कमब्याक गरेको छ ।  त्यस्तै पोखराले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । 

एनपीएल अन्तर्गत भोली जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै