• २०८३ कार्तिक १२ बिहीबार

चक्रवात ‘अर्नब' ले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब' ले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा समेत मौसमको असर पर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिकूल मौसमका कारण उडानमा ढिलाइ हुनुका साथै समयतालिका परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलसँग सम्पर्क गरी उडानको पछिल्लो अवस्था बुझ्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले सम्भावित जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न र हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै