• २०८३ कार्तिक १३ शुक्रबार

दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन सुरु

दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन सुरु

काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन सुरु भएको छ । बिहीबार अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै स्वराङ्कनको सुरुवात गरेका हुन् ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ। निर्देशक आचार्यले चलचित्रको गुणस्तरमा कुनै सम्झौता नगरिएको र छायांकनपछिका प्राविधिक काम पनि उत्तिकै मेहनतका साथ अघि बढाइने बताएका छन् ।

यसअघि व्यावसायिक रूपमा सफल चलचित्र ‘परान’ निर्देशन गरेका आचार्यको यो नयाँ चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ। चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता, बदलिँदो सोच र पारिवारिक सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ ।

चलचित्रमा हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी, कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापालगायत कलाकारको अभिनय रहेको छ। प्रशंसाले यसै चलचित्रबाट अभिनयमा प्रवेश गर्दै छिन् ।

कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा रहेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्। उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै