• २०८३ कार्तिक १३ शुक्रबार

पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो कन्टेन्ट क्रियटर र फोटोग्राफरबाट आवेदन

पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो कन्टेन्ट क्रियटर र फोटोग्राफरबाट आवेदन

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरबाट आवेदन आह्वान गरेको छ ।

बोर्डले नेपालको हिमाली क्षेत्रदेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र परम्परालाई तस्बिर, भिडियो तथा अन्य सिर्जनात्मक सामग्रीमार्फत विश्वसामु पुर्‍याउने उद्देश्य राखेको छ ।

यस अभियानमा सहभागी हुने सिर्जनशील व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको उपयोग गर्दै नेपालको पर्यटन पहिचान अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सक्ने बोर्डको अपेक्षा रहेको बोर्डले जनाएको छ ।

इच्छुक कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण र सामाजिक सञ्जालको परिचय वा कामको नमुनासहित सन् २०२६ नोभेम्बर ५ भित्र आवेदन दिन बोर्डले आव्हान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै