काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन् । उनले पार्टी सभापति रवि लामिछानेलाई लक्षित गर्दै अब सुशासनको नारा नलगाउन सुझाव दिएकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले सरकारको कार्यशैलीमा पञ्चायती शासनको झल्को देखिएको टिप्पणी गरेकी छन् । उनले सञ्चारगृह अगाडि आफ्नै कार्यकर्ता परिचालन गरेर गाडी तेर्स्याउनेदेखि सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउनेसम्मका गतिविधि भइरहेको आरोप लगाएकी छन् । उनले यस्ता गतिविधिलाई सुशासनको नारासँग मेल नखाने भन्दै रास्वपाको नेतृत्वमाथि व्यङ्ग्य गरेकी छन् ।
उनले भनेकी छन्- 'रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ । तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ । कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने । वाह, तपाईंहरूको सुशासन !









