• २०८३ कार्तिक १३ शुक्रबार

एमाले नेता प्रदीप ज्ञवाली भन्छन्- पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !

एमाले नेता प्रदीप ज्ञवाली भन्छन्- पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको भनिएका गतिविधिप्रति आपत्ति जनाएका छन् । 

नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेख्दै मिडिया हाउसको प्रवेशद्वारमा गाडी तेर्स्याएर आतङ्कित पार्ने, झुटा मुद्दा लगाउने र पक्राउ पुर्जीबिनै पक्राउ गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

ज्ञवालीले समाचारसँग सरकार किन यति धेरै डराएको भन्दै पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले भनेका छन्- 'कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याउँदै आतङ्कित पार्ने कोशिस, कहिले झुठा मुध्दा, कहिले बिना पूर्जी पक्राउ । समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै