काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ, धरपकड र पक्राउ भइरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भएको र त्यसप्रति पार्टीको सम्मान तथा जिम्मेवारी रहेको बताएका छन् ।
उनले समाचार लेखेकै आधारमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्नेमा रास्वपा स्पष्ट रहेको बताएका छन् ।
खरेलले न्याय खोज्ने अन्य धेरै कानुनी बाटा खुला रहेको उल्लेख गर्दै तिनै माध्यम अवलम्बन गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्- विभिन्न संचारमाध्यमका पत्रकार तथा संचारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार संचारमाध्यम तथा सामाजिक संजालमा आइरहेको प्रती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे स्पस्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउछौं । मौलिक अधिकारको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रती पार्टीको सम्मान तथा जिम्मेवारी रहेको पनि स्पष्ट पार्न चाहान्छौं । समाचारकै विषयमा कुनै पनि पत्रकार वा संचारकर्मीलाई गैरकानुनी रुपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पस्ट छ । न्यायको खोजी गर्ने अरु धेरै बाटोहरु खुला नै छन, त्यसलाई अवलम्बन गरौं ।









