काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पत्रकार विश्वमणि सुवेदीलाई छोडिएको छ ।
साइबर ब्युरोले सुवेदीलाई केहीबेर अघि छोडेको हो ।
उनलाई शुक्रबार दिउसो कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो । नेपाल प्रेसले सुबेदीलाई केहि बेर अघि साइबर ब्युरोले छोडेको उल्लेख गरेको छ ।









