काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १४ गते, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ६१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६ पैसा रहेको छ। सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम भएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
त्यस्तै, संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।
दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २० पैसा तथा ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार यी विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने यसभन्दा फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।









