• २०८३ कार्तिक १४ शनिबार

जबरजस्ती करणीको आरोपमा रसुवाबाट ३० वर्षीय युवक पक्राउ

जबरजस्ती करणीको आरोपमा रसुवाबाट ३० वर्षीय युवक पक्राउ

रसुवा । १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा रसुवामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–५ चिति देउरालीका ३० वर्षीय दीपक तामाङ रहेका छन् । 

ती युवकले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै