• २०८३ कार्तिक १४ शनिबार

रोशी खोला र बागमती नदीमा सतर्कता तह पार

रोशी खोला र बागमती नदीमा सतर्कता तह पार

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोला र ललितपुरको खोकनास्थित बागमती नदीले सतर्कता तह पार गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ११: ५० बजे दुवै नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो । दुवै नदीमा जलस्तर अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

नदीको जलस्तर बढिरहेकाले आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

महाशाखाले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै