काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ११ जना घाइते भएका छन् भने कोशीमा ३४ जना, काठमाडौँ उपत्यकामा ६ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा १३ जना घाइते भएका छन् भने लुम्बिनीमा २६ जना, कर्णालीमा ५ जना र गण्डकीमा ६ जना घाइते भएका छन् ।









