• २०८३ कार्तिक १५ आइतबार

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने

काभ्रे । रोशी खोलाले क्षति पुर्‍याएपछि दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज सञ्चालनमा आउने भएको छ ।

राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक मर्मतको काम गिम्दीबेँसीमा मात्रै बाँकी रहेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ । सडक डिभिजन भक्तपुरका अनुसार गिम्दीबेँसीमा भइरहेको सडक निर्माणको काम केहि घण्टाभित्र सम्पन्न गरी आजै यातायात सञ्चालनमा ल्याइनेछ ।

बीपी राजमार्गअन्तर्गत गिम्दीबेँसीमा रोशी खोलाले करिब ३० मिटर सडक बगाएको छ । उक्त स्थानमा सडकको भित्ता खनेर नयाँ मार्ग निर्माण गर्नुपर्ने भएकाले मर्मतमा समय लागेको हो ।

त्यस्तै, रोशी खोलाले राजमार्गका आधा दर्जन स्थानमा क्षति पुर्‍याएको छ । सडक अवरुद्ध भएपछि बीपी राजमार्ग भएर चल्ने सवारीसाधन भकुण्डेबेँसीमा रोकिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै