• २०८३ कार्तिक १५ आइतबार

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौं । जीवन सुनुवार निर्देशित लघु चलचित्र ‘भकुण्डे भूत’ ले काठमाडौं फिल्म फेस्टिभलअन्तर्गत आयोजित ‘माइ कल्चर, माइ हेरिटेज’ सर्ट भिडियो च्यालेञ्जको अवार्ड जितेको छ ।

परम्परागत विश्वास र रहस्यमा आधारित ४ मिनेट ५५ सेकेन्डको उक्त भिडियो निर्णायक मण्डलबाट उत्कृष्ट घोषित भएको हो । च्यालेञ्जमा कुल ३५ वटा भिडियो प्राप्त भएका थिए ।

प्रतियोगितामा अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झीँगु छेँ (मेरो घर)’ तेस्रो भएका छन् ।

यसैबीच, नेपाल पानोरामाअन्तर्गत प्रदर्शन गरिएका नौवटा चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको फिल्म फेस्टिभलअन्तर्गत नेपाली संस्कृति, परम्परा र सम्पदालाई समेटेर सर्ट भिडियो च्यालेञ्ज सञ्चालन गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै