काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएका छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि अन्य विषयमा पनि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १: ३० बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिले तयार पारेका प्रतिवेदनमाथि छलफल गरिने समितिले जानकारी दिएको छ ।









