काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ ।
चितवनले यस खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।
चितवनले अहिलेसम्म खेलका ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौँले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।









