काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सोमबार बिहान बा ९९ प ८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर नगरपालिका–१३ का ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो। उनीहरूको उपचारका क्रममा त्रिशूली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।









