• २०८३ कार्तिक २३ सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, २०६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा २०६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा ४७  जना, काठमाडौँ उपत्यकामा २३ जना, सुदूरपश्चिममा २६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ४३ जना, कर्णालीमा ९ जना र गण्डकीमा १४ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै