काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो ।
काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए ।
त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।









