• २०८३ मङ्सिर १ मंगलबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १५ को मृत्यु, १७९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १५ को मृत्यु, १७९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १५  जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम र मधेश प्रदेशमा ५-५  जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा २ जना तथा कर्णाली, कोशी र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा १७९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा ३१ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा २५ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, कर्णालीमा ४ जना र गण्डकीमा ३६ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै