काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम र मधेश प्रदेशमा ५-५ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा २ जना तथा कर्णाली, कोशी र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १७९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा ३१ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा २५ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, कर्णालीमा ४ जना र गण्डकीमा ३६ जना घाइते भएका छन् ।









