• २०८३ मङ्सिर ३ बिहीबार

कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद, चालक फरार

कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद, चालक फरार

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टबाट कारको डिकीमा लुकाएर ल्याइएको ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको छ। गाँजा बरामद भए पनि कार चालक फरार भएका छन् ।

प्रहरीका अनुसार गएराति पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा.बा. ४४३१ नम्बरको कारलाई नियमित जाँचका क्रममा रोकिएको थियो । चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको बताएपछि उनी भागेका थिए ।

त्यसपछि कारको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी गाँजाका नौवटा पोका फेला परेका थिए। तौल गर्दा उक्त गाँजा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

फरार चालकको खोजी भइरहेको छ । बरामद कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै