• २०८१ बैशाख १५ शनिबार

बोलेरै विश्व कीर्तिमान बनाउने तयारीमा एक नेपाली

kharibot

काठमाडौँ / सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोलिसकेका छन्  । 

केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उहाँले २८ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताए । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य राखेका छन् । 

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोले पनि प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण गरेन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख छ । 

विगतको गल्तीबाट सिकेर यस वर्ष नयाँ कीर्तिमानको तयारी थालिएको केसीले बताए । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानमा लागि तालीमसमेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नारा नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै