• २०८३ मङ्सिर ३ बिहीबार

गोरुसिंगे–चन्द्रौटा सडक विस्तार गर्न ४.५६ अर्बको ठेक्का सम्झौता

गोरुसिंगे–चन्द्रौटा सडक विस्तार गर्न ४.५६ अर्बको ठेक्का सम्झौता

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत गोरुसिंगे–चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको छ ।

करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कुल १९.२ किलोमिटर लामो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ । आयोजनाअन्तर्गत दुई ठूला र छ साना पुल तथा ७२ वटा कल्भर्ट निर्माण गरिनेछ ।

त्यस्तै, पैदलयात्रीका लागि दुई वटा अन्डरपास र एउटा आकाशे पुल तथा सवारीसाधनका लागि एउटा अन्डरपास निर्माण गरिनेछ । सडक खण्डमा वन्यजन्तुमैत्री संरचनासमेत बनाइने सडक विभागले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै