• २०८३ मङ्सिर ३ बिहीबार

चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको हो ।

चितवनका लागि डेविड मलानले अविजित ७१  रन बनाएका थिए भने सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाएका थिए ।

त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलाईनले ३ विकेट लिए भने थारिन्दु रत्नायेकेले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै