• २०८३ मङ्सिर ५ शनिबार

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार, शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने प्रस्ताव गर्दै आफुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । उनले लिङ्देनसहित सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे ।

राप्रपामा अहिले तीन पुस्ता रहेको भन्दै अब नाती पुस्ताले पार्टीको नेतृत्व नगरे पार्टी जनतामा गएर चुनाव जित्ने अवस्थामा नरहेको जिकिर गरे ।

राप्रपाको महाधिवेशन यहि मङ्सिर २६ गतेदेखि २८ गते काठमाडौंमा हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै