• २०८३ मङ्सिर ५ शनिबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८  अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.१४ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ म्युचुअल फण्डको शेयर ८.५० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २० करोड २२ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै