• २०८३ मङ्सिर ५ शनिबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बादल लागेको छ तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको तराई  क्षेत्रमा तथा मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।  

त्यस्तै आज राति कोशी प्रदेशको तराई क्षेत्रमा लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै