• २०८३ मङ्सिर ७ सोमबार

एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौं । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ।

एमसीए–नेपालले तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरेको जनाएको छ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने कुल ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ । यस खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् ।

उक्त प्रसारण लाइन निर्माणले नेपालको ऊर्जा सुरक्षा सुदृढ बनाउनुका साथै देशमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको एमसीए–नेपालले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै