• २०८३ मङ्सिर ७ सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १६१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १६१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।   

त्यस्तै देशभर भएका दुर्घटनामा १६१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा ४९ जना, काठमाडौँ उपत्यकामा ६ जना, सुदूरपश्चिममा १६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ३६ जना, कर्णालीमा ६ जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै