काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालका लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
एसिसी पुरुष राइजिङ स्टार्स प्रतियोगिता २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा लोकेशले नेपालको ४६औँ, राशिदले ४७औँ र मयनले ४८औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीका रूपमा डेब्यु गरेका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै यूएईले पहिले ब्याटिङ गरिरहेको छ ।









