• २०८१ बैशाख १४ शुक्रबार

बाराको जितपुरमा कपडा पसलमा आगलागी, लाखौंको क्षति

kharibot

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ टेंढारोड स्थित कपडाको पसलमा आगलागि हुँदा लाखौंको क्षति भएको छ । विद्युत् सर्ट–सर्किटका कारण जीतपुर–७ टेंढारोड स्थित भण्डारी वस्त्रालयमा आगलागि हुँदा लाखौं रुपैयाँ मूल्य बराबरको कपडाहरु जलेर नष्ट भएको हो ।

भण्डारी वस्त्रालयका सञ्चालक शेखर भण्डारी आफ्नों पसल बन्द गरेर घर गएको बेला राती करिब दश बजेको समयमा विद्युत् सर्ट–सर्किट हुँदा सो आगलागि भएको सञ्चालक भण्डारीले जानकारी दिएका छन् ।

यता भण्डारी वस्त्रालयको छेउ मैं रहेको राकेश ईलेक्ट्रोनिक्स्मा पसल कुरुवा बसेका सञ्चालक राकेश श्रिवास्तवले धुवाँको गन्धसँगै धुवा आएको देखे पछि उनी पसल बाहिर निस्किएर मद्दतका लागि छरछिमेकमा गुहार गरेको उनले बताए ।

प्रहरीका अनुसार आगलागिका कारण पसलमा भएका सम्पूर्ण कपडाहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । अनुमानित ४५ देखि ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ । भने सम्पत्ती क्षेतीको विषयमा अधिकारिक बिवरण आउँन बाँकी नैं रहेको ईलाका प्रहरी कार्यालय जीतपुरका रामउदय शर्माले जनाएका छन् ।

वरुण यन्त्रको चरम लापरवाही

जिल्ला स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको वरुण यन्त्रले चरम लापरवाही गर्ने गरेको आरोप जीतपुरबासी लगाएका छन् । उपमहानगरपालिकाको कार्यालय भन्दा पाँच सय मिटरको दुरीमा पर्ने भण्डारी वस्त्रालयमा आगो निभाउँन एक घण्टा पछि वरुण यन्त्र पुगेको स्थानीयहरुले गुनाँसो गरेका छन् । 

राति दश बजेको समयमा सुरु भएको आगोलाई करिब अढाई घण्टाको प्रयास पछि नियन्त्रणमा लिईएको थियो । स्थानीयहरुको सह्योगमा बिरगंज महानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाको वरुण यन्त्रले सो आगो नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै