• २०८३ मङ्सिर ७ सोमबार

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६० कम्पनिका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता शेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने घटेको छ ।

आज, सबैभन्दा बढी मेंछियम हाइड्रोको शेयर १०.५८ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ५.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भिजन लुम्बिनी उर्जाको शेयर ८.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको १५ करोड ९३ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै