• २०८३ मङ्सिर ७ सोमबार

सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

हेटौडा । सफ्टी हाइजिन प्रालिलाई १५औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यलय मकवानपुरले आव. २०८१-८२ को आयकरतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ ।

सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरेका थिए । 

आव. २०८१-८२ को आयकरतर्फ लगातार दोस्रो बर्ष उत्कृष्ट करदाताको सम्मान ग्रहण गरेको कम्पनिका निर्देशक विजय पोखरेलले जानकारी दिए । 

सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि भएको बताए ।  उनले कर तिर्ने मात्र व्यवसाय नगरेको बताउदै राष्ट्र निर्माणमा योगदान दिने जिम्मेवार उद्योग बन्न चाहेको बताए । घिमिरेले देशको आर्थिक समृद्धि केवल सरकारको प्रयासले सम्भव नहुने बताउदै सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोधले मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिने जिकिर गरे ।

उपभोक्ता माझ अत्यन्तै लोकप्रिय रहेको सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरु कम्पनीले विगत ११ वर्षदेखि उत्पादन तथा विक्री वितरण गदै आइरहेको छ । आगामी दिनमा गुणस्तरमा अझै सुधार गर्दै उपभोक्तामैत्री उत्पादनमा ध्यान दिई उपभोक्ताहरुको मनमनमा बस्ने कोशिश गर्ने कम्पनी निर्देशक पोखरेलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै