काठमाडौँ । नेपालको कोशी प्रदेशस्थित लेलेप नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको थियो ।
भूकम्पको धक्का नेपालसहित बंगलादेश, भारत, भुटान र चीनमा महसुस भएको जनाइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसले नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।









